आजदेखि देशभर विद्यार्थी भर्ना अभियान

काठमाण्डौँ, २ वैशाख (जागरण) । आजदेखि नेपालभर विद्यार्थी भर्ना अभियान शुरु हुँदैछ ।
‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पु¥याऔँ’ भन्ने नाराका साथ भर्ना अभियान सञ्चालन हुन लागेको हो । केन्द्र सरकारले आज विशेष समारोह गरेर यो अभियानको औपचारिक घोषणा र शुरुवात गर्ने छ ।
शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार यस वर्ष ९१ हजार बालबालिका विद्यालय बाहिर छन् । गत वर्ष ६० हजार बढी बालबालिका विद्यालय बाहिर रहेकामा त्यो संख्या बढेर यस बर्ष ९१ हजार पुगेको हो ।
केन्द्रका अनुसार पाँच बर्षदेखि नौ बर्ष उमेर समूहका २५ लाख ८३ हजार विद्यार्थीमध्ये गएको वर्ष २४ लाख ९२ हजार विद्यार्थी विद्यालयमा भर्ना भएका थिए ।
बाँकी रहेका ९१ हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । यो संख्यालाई आधार मानेर मन्त्रालयले स्थानीय तहसँग सहकार्य गरेर भर्ना अभियान कार्यक्रम शुरु गरेको हो ।
गत वर्ष खोज पत्रकारिता केन्द्रको एउटा रिपोर्टले २ लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको देखाएको थियो । त्यसैले विद्यालय बाहिर रहने विद्यार्थीको संख्या यो भन्दा बढी रहेको अनुमान गर्न सकिन्छ ।