पंख बहादुर शाही ।
सुर्खेत, २ वैशाख (जागरण) । सुर्खेत पञ्चपुरी नगरपालिका—३ लगम बस्तिमा सिँचाई कुलो पुग्ने भएको छ । अहिले त्यहाँ वस्तीमा सिंचाई कुलो पुग्ने भएपछि स्थानिय कृषक हर्षित भएका छन् । जेठ पछि खेती गर्दा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता हट्नेछ ।
बुदबुदेबोध मुहानदेखि लगम ४ किलोमिटरको सिँचाई कुलोको आधा भाग ५ सय मिटर कुलो सुर्खेत निर्वाचन क्षेत्र नम्वर २ को क्षेत्रीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँ वजेटमा सम्पन्न गर्न लागिएको हो ।
एक सय ७० घरधुरिको लगम बस्तिमा सिचाई सुविधा पुर्याउन धेरै मेहनत गरेको देखिन्छ । पाँच सय मिटर काम जेठ मसान्तमै सक्ने र समयमा नै धान खेती गर्ने स्थानीय नागरिकको भनाई छ ।
कुलो निर्माणका लागि स्थानीय उपभोक्ताले २५ प्रतिशत श्रमदान पनि गरेका गरेका सिँचाई कुलो उपभोक्ता समिति अध्यक्ष सुवर्ण बुढाले बताउनुभयो । हालसम्म सिचाई कुलोको ८० प्रतिशत काम सकिएको छ ।
स्थानीय कौशीला थापाले सिंचाई कुलो नभएर आफ्नो तरकारी खेती सुक्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिँचाई भए, हामीलाई बर्षभरि खान पुग्ने र बेच्ने सम्म उत्पादन हुने जमिन छ ।’
आयोजनाको निर्माणको गुणस्तर र अवस्थाबारे निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधिसभा साँसद् नवराज रावतले अनुगमन पनि गर्नुभएको छ ।
अनुगमनका क्रममा योजना सन्तोषजनक रुपमा अघि बढिरहेको आफूले पाएको रावतले जागरणलाई बताउनुभयो ।