उधारोमा पुस्तक किन्दै सल्यानका विद्यालय

वुद्धी पुन ।
सल्यान, ३ वैशाख (रेडियो राप्ती) । सल्यानका सामुदायिक विद्यालयहरुले उधारोमा पाठ्यपुस्तक खरिद गरेका छन् ।
स्थानिय तहहरुले पाठ्यपुस्तक खरिदका लागि अहिले सम्म रकम नपठाउदा बिद्यालयहरुले उधारोमा पाठ्यपुस्तक खरिद गर्न बाध्य भएका छन् ।
भगवती आधारभूत विद्यालय सल्यानचौरका प्रधानाध्यापक दीपेन्द्र भण्डारीले नगरपालिकाले रकम पठाउने आसमा उधारो पाठ्यपुस्तक खरिद गरेर बिद्यार्थीलाई वितरण गर्न शुरु गरेको बताउनुभयो ।
जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका उपप्रमुख मन्जु यरीले पाठ्यपुस्तक खरिदका लागी छलफल नै नभएको बताउदैँ कार्यपालिकाको बैठक बस्ने र यस बिषयमा निर्णय गर्ने बताउनुभयो ।
यस्तै त्रिबेणी गाउपालिकाले बिद्यालयले पाठ्यपुस्तक खरिद गरिसकेपछि मात्रै बिलका आधारमा रकम निकासा गरिने भएकाले केही ढिला भएको जनाएको छ ।