अधिकांश गाउँ टेलिकमको पहुँच बाहिर (अडियो सहित)

हस्त चौलागाई ।
कालिकोट, ३ वैशाख (रेडियो चंखेली) । कालिकोटका सबै स्थानीय तहका अधिकाँश ठाउँमा टेलिकमको टावरले काम नगर्दा नागरिक टेलिफोन सेवाबाट बञ्चित भएका छन् ।
जिल्लाका ९ वटै स्थानीय तहका अधिकाँश ठाउँमा फोनले काम नगर्दा स्थानीयले सास्ती भोग्न बाध्य भएका हुन् ।
महावै गाउँपालिका वडा नं.२ निवासी पदम वहादुर सिंहले फोन गर्नुपर्यो भने कि त डाँडातिर धाउनुपर्छ कि त सदरमुकाम । कहिले काँही छिट्टै फोन सम्पर्क गर्नुपर्ने काम हुन्छ तर फोन गर्न घण्टौँ सम्म हिड्नुपर्ने बाध्यता छ । उहाँ मात्रै होइन, यस्तै समस्या अन्य नागरिकहरुको पनि छ ।
नेपाल सरकारले २०६७ साल असारमा प्रत्येक गाउँ विकास समितिहरुमा नेपाल टेलिकम सेवा पुगेको घोषणा गरेपनी हाल सम्म कतिपय सेवाग्राहीहरुले सेवा पाएका छैनन् ।
कालीकोट जिल्लामा करिव ३७ हजार जति सेवाग्राहीहरुले टेलिकमको सेवा नपाएको गुनासो गर्नुहुन्छ खाँडाचक्र नगरपालिका वडा नं.५ निवासी डिल्ली प्रसाद चौलागाई ।
सदमुकाम रहेको खाँडाचक्र नगरपालिका वडा नं.१ र २ बाहेक अन्य ९ वडाहरुमा पनि नेपाल टेलिकमको टावरले काम गर्दैन । जिल्ला समन्वय समिती कालीकोटले भने जिल्लाका ९ वटै स्थानिह तहहरुमा टेलिफोन सेवा दिनको लागि पहल भइरहेको बताएको छ । जिल्ला समन्वय समिती कालीकोटका संयोजक अनिपाल शाहीले आफूहरुले अहिले सञ्चार विकासका लागि पहल गरिरहेको बताउनुभयो ।
कालीकोटका ९ वटा स्थानिय तहमा हाल सम्म स्काइ फोनका ४ वटा टावर र नमस्तेका ६ वटा टावर हरु रहेका छन् । ती टावरहरु पनी सोलार सिस्टम बाट चलिरहेका छन्, टावरले राम्रो काम गदैन । यस्तो समस्या समाधानका लागि आफूहरुले केन्द्रमा यसको बारेमा जानकारी गराएको र पहल भइरहेको नेपाल टेलिकम कालीकोटका प्रमुख प्रेमसिंह विष्ट बताउनुभयो ।
टेलिफोन सेवाले राम्रो काम गरे स्थानियलाइ सुचनाको पहुँचमा सहजता हुने देखिन्छ, यसरी टेलिफोन सेवा नै नपाएपछि सेवा ग्राहीलाई सास्ती हुने गरेको छ ।

सुन्नुहोस् अडियो रिपोर्ट हस्त चौलागाइबाटः