यसरी प्रक्षेपण गरियो नेपालको पहिलो स्ट्याटेलाइट (भिडियो सहित)

काठमाण्डौँ, ५ वैशाख (एजेन्सी) । नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ ।
सरकारले आफ्नै भु-उपग्रह प्रक्षेपण गर्ने भनेको र वजेट विनियोजन गर्दा कतिपयले नपत्याएर व्याङ्ग्य पनि गरेका थिए । व्याङ्ग्यस्वरुप विरोधिहरुले कागजका टुक्रा र वुलुन बनाए उडाएका थिए । तर पनि यो सम्भव भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा पतिष्ठान (नास्ट) र जापानको क्युसु इस्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को सहकार्यमा जापानमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा निर्मित ‘नेपाली स्याट् १’ नेपाली समय अनुसार बिहिबार बिहान २ः३१ मा प्रक्षेपण गरिएको हो ।
अमेरिकी अन्तरीक्ष कम्पनी अर्बिटल–ए टिकेले भर्जिनियास्थित नासाको ‘मिड–एटलान्टिक स्पेस्पोर्ट लन्च प्याड’ बाट सिग्नोस कार्गो यानमार्फत अन्तर्राष्ट्रिय अन्तरीक्ष कक्ष (आइएसएस)मा पुर्याउनेछ । नेपालसहित श्रीलंकाको बिहान २ः१६ र जापानको ५ः४६ मा पठाइएको छ ।
नास्टका प्रवक्ता डा. सुरेश ढुंगेलका अनुसार आईएसएसमा रहेका अन्तरीक्षयात्रीले एक महिनासम्म भू–उपग्रहबारे थप परीक्षण र अध्ययन गर्नेछन् ।
यदि सफल परीक्षण भएको खण्डमा भू–उपग्रह तीन वर्ष अन्तरीक्षमा रहने छ ।

हेरौँ भू–उपग्रह प्रक्षेपणको यो भिडियोः

https://www.facebook.com/NASA/videos/366626787278834/

 

 

 

 

-जनता समाचार