कर्णालीमा शिक्षातर्फको वजेट कार्यन्वयनको अवस्था (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, ६ वैशाख (जागरण) । कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयहरु अहिले मन्त्रालयगत वजेट खर्च गर्न र योजना कार्यन्वयन गर्ने हतारोमा छन् ।
विभिन्न ऐन कानून बाधक रहेको भन्दै योजना कार्यन्वयन सुस्त गतिमा गरिरहेका मन्त्रालयहरुले अहिले चालु आर्थिक वर्ष सकिन केहि महिनामात्रै बाँकी रहँदा वजेट र योजना कार्यन्वयन गर्ने हतार गरिरहेका छन् ।
प्रदेश सरकारमा शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति, महिला, बालबालिका, ज्येष्ट नागरिक लगायत क्षेत्रमा काम गर्ने विभागिय जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । जसअन्तर्गत आज हामी शिक्षा तर्फको कुरा गर्दैछौँ ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शिक्षा क्षेत्रमा छुट्याएको वजेट कार्यान्वयनको अवस्था के छ त ? भनेर सहकर्मी नन्द कठायतले मन्त्रालयका उपपसचिव विष्णु प्रसाद अधिकारीलाई सोध्नुभएको छ ।
सुन्नुहोस् अन्तरवार्ताः