कर्णाली प्रदेशमा चालु आर्थिक वर्षमा एक सय ४२ बलात्कारका प्रयास

सुर्खेत, ९ वैशाख (जागरण) । पछिल्लो नौ महिनाको अवधिमा कर्णाली प्रदेशमा बलात्कारका एक सय ४२ र बलात्कार प्रयासका ४१ वटा घटना भएको प्रदेश प्रहरीले अभिलेख सङ्कलन गरेको छ ।
प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहले कर्णालीमा अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष ४४ बलात्कार तथा यौन दुव्र्यवहारका घटना बढेको बताउनुभयो ।


हरेक वर्ष कर्णाली प्रदेशमा बलात्कार र बलात्कार प्रयासका घटना बढ्दै गएको तथ्याङ्कले देखाएको डिआइजी शाहले बताउनुभयो ।
यस्ता घटना न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
हातहातमा मोबाइल र इन्टरनेटको पहुँच वृद्धिसँगै बलात्कार तथा यौन दुव्र्यवहारका घटना बढ्न थालेको प्रहरीको भनाइ छ ।