कर्णालीमा रोजगारी सिर्जना गर्न रोजगार प्रवद्र्धन निती

सुर्खेत, ९ वैशाख (जागरण)कर्णाली प्रदेश सरकारले युवालाई रोजगारी सिर्जना तथा श्रमिकको माग आपूर्ति गर्न श्रम तथा रोजगार प्रवर्द्धन नीति ल्याएको छ ।
युवालाई श्रमप्रति जागरुक बनाउने उद्देश्य पनि रहेको सामाजिक विकास मन्त्रालयको भनाइ छ ।
नीतिमा प्रदेशभित्र र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय श्रम बजारमा मागअनुसार दक्ष र सीफयुक्त जनशत्तिको विकास गर्ने भनिएको छ ।


‘भारत, चीनलगायत अन्य अन्तर्रा्ष्ट्रिय श्रमबजारमा सम्भाव्यता अध्ययन गरिने नीतिमा उल्लेख गरेको छ ।
मन्त्रालयकी शाखा अधिकृत रेश्मा बीसीले भूमिहीन किसानका लागि निजी, सार्वजनिक र वनक्षेत्रमा समेत कृषि तथा वनजन्य उच्च मूल्यवस्तु उत्पादनका लागि सामूहिक खेती प्रणालीको व्यवस्था मिलाइने बताउनुभयो ।
उहाँका अनुसार सबै सरोकारवाला निकायबीच समन्वय कायम गरी रोजगारीका थप अवसर पहिचान गरिनेछ ।