सल्यानमा मार्वलले च्यापिएर एक जनाको मृत्यू

सुर्खेत, ९ वैशाख (जागरण) सल्यानमा मार्वलले च्यापिएर एक जनाको मृत्यू भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर २ निबासी ४० बर्षिय राम बहादुर चलाउनेको मृत्यू भएको हो ।
आज बिहान शारदा नगरपालिका ११ हिवल्चा स्थीत स्वास्थ्य चौकी भवनको मार्वल झार्ने क्रममा च्यापिएर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
रा १ ख १४१७ नम्बरको मिनीट्रकबाट मार्वल झार्ने क्रममा च्यापिएर मृत्यू भएको समाचार रेडियो राप्तीले पठाएको छ ।