लोकतन्त्र स्थापनाको ११ वर्ष पूरा, जनताका चाहना अझै अधुरा

सुर्खेत, ११ वैशाख (जागरण) । नेपालमा लोकतन्त्र स्थापना भएको आज ठीक ११ वर्ष पूरा भएको छ ।
एघार वर्षअघि वि.सं. २०६३ साल वैशाख ११ गते राजाको प्रत्यक्ष शासन व्यवस्थाको अन्त्य भै मुलुकमा लोकतन्त्र स्थापना भएको थियो ।
दोस्रो जनआन्दोलनको सफलताले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको सम्झनामा नेपालमा लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।
लोकतन्त्र दिवसको अवसरमा सरकार प्रमुख तथा विभीन्न दलका नेताहरुले शुभकामना सन्देश जारी गरेका छन् ।
दोस्रो जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक गणतन्त्रको उपलव्धीलाई संस्थागत गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । संविधानसभाबाटै संविधान बनाउने ऐतिहासिक जिम्मेवारीलाई पूरा भई अहिले कार्यन्वयनको क्रममा छ ।
संविधान अनुसार नेपालमा अव स्थानिय, प्रदेश र संघिय गरी तीन तहका सरकार बनेका छन् ।
तर मुलुकमा लोकतन्त्र हुँदै गणतन्त्र स्थापना भएपनि अझै जनभावना अनुसार परिवर्तन संस्थागत हुन नसकेको भन्दै दलहरुको आलोचना हुँदै आएको छ ।
सहिद परिवार र घाइतेहरुले जनआन्दोलनको भावना अनुसार काम गर्न नेताहरुको ध्यानाकर्षण गराएका छन् ।