आफ्नै पाठ्य पुस्तक पढ्दैछन् त्रिवेणीका विद्यार्थी (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, १० वैशाख (जागरण) । जागरणले नियमीत रुपमा स्थानिय सरकारका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ । स्थानिय सरकार जनताको सवैभन्दा नजिकको सरकार हो । नजिकको सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो । स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी जो कोही पनि गर्नैपर्छ । अहिले स्थानिय तहहरु चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका विकासका योजनाहरुको कार्यन्वयन गर्ने क्रममा छन् । चालु आर्थिक वर्षका गाउँसभाले निर्धारण गरेका योजनाहरु कार्यन्वयन हुँदैछन् । जनतासँग जनप्रतिनिधी अन्तरर्गत आज हामीले सल्यानको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डागीसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मि नन्द कठायतले अहिले सम्म के के काम गर्नुभयो ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् यो कुराकानीः