सिटिस्क्यान सेवा अब प्रदेश अस्पतालबाट

सुर्खेत, ११ वैशाख (जागरण) । कर्णालीको प्रदेश अस्पतालले अब सिटिस्क्यान सेवा पनि दिन सुरु गरेको छ । पछिल्लो समय सेवा थप गरि सुधारको काम भइरहेको प्रदेश अस्पतालमा आज एक समारोहका विच सिटी स्क्यान मेसिनको उदघाटन गरिएको छ ।
समारोहमा नयाँ अस्पताल व्यबस्थापन समितीले अस्पतालको सेवा सुधारमा महत्वपुर्ण कार्य गरिएको भन्दै प्रशंसा पनि गरिएको छ ।
सेवाको आज उद्घाटन गर्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अस्पतालमा भएको डाक्टरको अभाव पुर्ति गर्न आफुले पहल गर्ने बताउनुभयो ।


एक फरक प्रसंगमा उहाँले कर्णाली सरकारलाई बलियो बनाए मात्र संघीयता सफल बन्ने बताउनुभएको छ ।
उपप्रधानमन्त्री यादवले विगतमा कर्णालीले धेरै दिएको भन्दै अब कर्णालीलाई दिनुपर्ने बेला आएको बताउनुभयो ।
उपप्रधानमन्त्री यादवले संघीयता असफल भए देशमा विध्वंश मच्चिने बाहेक केही नहुने बताउँदै प्रदेश सरकारलाई बलियो बनाएर अधिकार सम्पन्न बनाएर बढ्नुको विकल्प नरहेको उहाको भनाइ छ ।