कर्णाली प्रदेशसभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

सुर्खेत, ११ वैशाख (जागरण) । कर्णाली प्रदेश सरकारले संसद्मा पेश गरेको नीति तथा कार्यक्रमबारे आज छलफल हुँदैछ । छलफलका लागि आज विहान ११ बजे कर्णाली प्रदेशसभाको वैठक बस्न लागेको हो ।
संसद् सचिवालयका अनुसार यसअघि प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम माथि आज छलफल गर्ने कार्यसूची राखिएको छ ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को तिन महिनाका लागि ल्याएको नीति तथा कार्यक्रममा पर्यटन, जलविद्युत, कृषि र जडीबुटीलाई सम्भावनाको रुपमा औँल्याएको छ ।
नीति तथा कार्यक्रममा भौतिक पुर्वाधार, सडक, पर्यटन र जलविद्युतको विकासलाई निति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।
प्रदेशमा लगानीमैत्री वातावरण बनाउने, एक पालिका एक घरेलु उद्योगको नीति अघि बढाइने, प्रदेशभित्र सञ्चालन गर्न सकिने ठूला आयोजनाको डिपीआर बनाई कार्यान्वयन गरिने, एकीकृत वस्ति विकास कार्यक्रम लागू गरिने लगायतका नीति प्रदेश सरकारले अघि सारेको छ ।
यसैगरी मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई मेडिकल कलेज तथा शिक्षण अस्पतालका रुपमा विकास गरिने लगायतका विषयहरु पनि निती तथा कार्यक्रममा अटाएका छन् ।
कर्णाली प्रदेशमा रहेका जलविद्यतको सम्भाव्यता अध्ययन गर्ने र अर्थतन्त्रका रुपमा अघि बढेका जलविद्युत आयोजनाहरुलाई प्रदेश सरकारले प्राथमिकता दिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा प्रदेशमा पेट्रोलियम पदार्थको उत्खनन् गर्ने, उज्यालो कर्णाली अभियानलाई अगाडि बढाउने,सीप तथा श्रम स्कुल खोल्ने उल्लेख गरिएको छ ।
प्रदेश र संघ एवं प्रदेश र स्थानीय साझेदारीमा सम्पन्न गर्न सकिने तथा प्रदेश स्वयमले सञ्चालन गर्ने सम्भावित आयोजनाहरुको सूची परियोजना बैंक तयार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
बर्दिया सुर्खेत सुरुङ मार्ग निर्माण गर्ने पूर्व सम्भाव्यता अध्ययन र सुर्खेतमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रादेशिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै प्रदेशका सहरहरुलाई सहरी करण गर्ने, प्रदेशको भाषा संस्कृतीको संरक्षणका लागि संग्रालय स्थापना गर्ने, स्वास्थ्य, शिक्षाको पहुँच पु¥याउने, प्रदेशलाई पर्यटन हवका रुपमा विकास गर्ने, अर्गानिक प्रदेशको घोषणाका लागि आधार तयार गर्न रासायनिक विषादीलाई न्युनिकरण गर्ने र जैविक मलकोे प्रयोगमा जोड दिने निति तथा कार्यक्रममा उल्लेख छ ।