कर्णालीको भौतिक पूर्वाधारको विकासलाई प्राथमिकता दिनुपर्ने सुझाव

सुर्खेत, ११ (जागरण) कर्णाली प्रदेश सरकारले आगामी बजेटमा कर्णालीको भौतिक पूर्वाधारको विकासलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ ।
सुर्खेतमा संघीय संसद प्रतिनिधिसभाको अर्थसमितिले आयोजना गरेको पूर्व वजेट छलफलमाथि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीमा पूर्वाधार विकासको टड्कारो आवश्यकता रहेकोले त्यसलाई जोड दिनुपर्ने सुझाव दिनुभएको हो ।
उहाँले सडक र विद्युतको समस्या कारण कर्णालीमा ठूला उद्योग तथा विकास निर्माणको काममा प्रभाव परिरहेकोले आगामी बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।


उहाँले तत्कालका लागि कोहलपुर सुर्खेत सडकलाई स्तरोन्नति गरि चार लेनको वनाउनेतर्फ संघीय सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
यसैबिच अर्थसमितिका सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भेरी ववई डाइभर्सन वहुउद्धेश्यीय आयोजना अन्तर्गत वन्न लागेको ४७ मेगावाटको विद्युत आयोजना कर्णाली प्रदेशले पाउनुपर्ने वताउनुभयो ।