‘केपिएल टू’ मा घरेलु टोलीको विजयी शुरुवात

सुर्खेत, १२ वैशाख (जागरण) । घरेलु टोली कर्णाली ११ ले दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपीएल-टू) मा विजयी सुरुवात गरेको छ।
सुर्खेतको वीरेन्द्रनगर कालिन्चोक किक्रेट मैदानमा आज भएको उद्घाटन खेलमा कर्णालीले झापाको लालिगुराँस क्रिकेट एकेडमीलाई ८ विकेटले हराउँदै शानदार सुरुवात गरेको हो ।
भोलि बिहान ८ बजे न्यु होराइजन बुटवल रुपन्देही र महेन्द्रनगर किक्रेट एकेडेमी कञ्चनपुर तथा दिउँसो विभागिय टोली आर्मी र लालिगुराँस क्रिकेट एकेडमी भिड्ने छन् । वैशाख २१ गतेसम्म चल्ने प्रतियोगितामा २ विभाग सहित ८ टोलीले सहभागिता जनाएको कर्णाली किक्रेट एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिनुभयो ।
लिगको विजेताले पाँच लाख रुपैयाँ पाउने छ भने उपविजेताले दुई लाख हात पार्ने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार हात पार्नेछन भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २०/२० हजार पाउने छन् । यस्तै फाइनल खेलमा एकजना दर्शकलाई गोला प्रथाबाट एउटा मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ ।