सुर्खेत, २३ फागुन (जागरण) । कर्णाली प्रदेशमा सभा नियमावली २०७४ तयार भएको छ । प्रदेश सभाद्वारा गठित मस्यौदा समितिले तयार भएको प्रतिवेदन आज (बुधवार) सभामुखलाई बुझाएको छ ।
मस्यौदा समितिका संयोजक सीता नेपालीले नेपालको संविधान २०७२ को धारा १९४ ले दिएको अधिकार अनुसार नियमावली तयार गरिएको बताउनुभयो । उहाँले नियमावलीमा २२२ नियम ८ अनुसुची र २५ परिच्देछ समेत जानकारी दिनुभयो ।
प्रदेश सभालाइ संचालन, व्यवस्थित र यसको काम कार्वाहीलाइ चुस्त दुरुस्त गर्नको लागी यो नियमावली तयार गरिएको बताउदै नियमावलीमा ४ वटा विषयगत समिति रहने उहाँले बताउनुभयो । मस्यौदा समितिको सभापतिमा सांसद सीता कुमारी नेपाली, सांसद दल रावल, सांसद दीनबन्धु श्रेष्ठ, सांसद धर्मराज रेग्मी, सांसद प्रकाश ज्वाला, सांसद मिना सिंह रखाल, सांसद यज्ञबहादुर विसी र सांसद शिला शाही रहेका छन ।
जसअन्तर्गत समितिहरु यस्ता छन्ः
४ वटा विषयगत समिति गठन
१ विधायन तथा प्रदेश मामिला समिति
कार्यक्षेत्रहरु प्रदेश मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश लोक सेवा आयोग र सरकारका कामकाजको अनुगमन गर्ने ।
२ सार्वजनिक लेखा समिति
कार्यक्षेत्रमा प्रदेश लोक सेवा आयोग र प्रदेश मानव अधिकार आयोग बाहेक प्रादेशिक संवैधानिक आयोगका प्रतिवेदन, सार्वजनिक लेखा तथा प्रदेश लेखा परिक्षक कार्यालयको प्रतिवेदन र बेरुजु फछ्यौट सम्वन्धी अधिकार
३ अर्थ तथा प्राकृतिक स्रोत समिति
कार्यक्षेत्रमा आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रलाय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्वन्धी व्यवस्था
४ सामाजिक विकास समिति
सामाजिक विकास मन्त्रालय, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, श्रम, सामाजिक न्याय र मानवअधिकार सम्वन्धी कार्यक्षेत्र