‘केपिएल टू’ को दोस्रो दिन आर्मी र बुटवलले जिते

सुर्खेत, १३ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपीएल–टू) मा विभागिय टोली नेपाल आर्मी र न्यू होराइजन बुटवलले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताको तेस्रो खेलमा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको विभागिय टोली आर्मीले झापाको लालिगुराँस क्रिकेट एकेडमीलाई ५८ रनले हराएको हो ।
यस्तै आजै भएको अर्को खेलमा न्यु होराईजन बुटवलले महेन्द्रनगर किक्रेट एकेडेमीलाई ७१ रनले हराउँदै विजयी सुरुवात गरेको छ । १६७ रनको लक्ष्य लक्ष्य पाएको महेन्द्रनगरले पाँच बल बाँकी छँदै ९५ रनमा सबै विकेट गुमाएको हो ।
वैशाख २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय टिमसहित ८ टिमको सहभागिता रहेको छ । लिगको विजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ पाउनेछन् ।