सुर्खेत, १४ वैशाख (जागरण) । आज विश्व भेटेरेनरी दिवस कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा पनि पशु चिकित्सासँग सम्वन्धित कार्यक्रम गरी मनाइदै छ । प्रत्येक वर्ष आज अप्रिल ५ तारेकमा विश्व भेटेरेनरी दिवस मनाउने गरिन्छ ।
दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्वर १४ गढी र भेरीगंगा नगरपालिका वडानम्वर १ मनिरामकाँडामा रेविज विरुद्धको खोप शिविर हुने भएको छ ।
कर्णाली प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र नेपाल पाराभेटेरेनरी एण्ड लाइफ स्टक एशोसियसन सुर्खेतको संयुक्त आयोजनामा शिविर सञ्चालन हुने भएको हो ।