केपिएलः मध्यपश्चिम र कर्णाली ११ तथा एपिएफ र हिमालयन भिड्दै

सुर्खेत, १४ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपीएल) मा आज मध्यपश्चिम क्रिकेट क्लव र कर्णाली ११ तथा शसस्त्र प्रहरी बलको (एपिएफ) र हिमालयन क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुने भएको छ ।
मध्यपश्चिम क्रिकेट क्लव र कर्णाली ११ बीचको प्रतिस्पर्धा आज विहान साढे ७ बजे हुने आयोजक कर्णाली क्रिकेट एकेडेमी सुर्खेतले जनाएको छ ।
एकेडेमीकाअनुसार दिउसो १ बजे विभागिय टोली शसस्त्र प्रहरी बलको (एपिएफ) र हिमालयन क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो विभागिय टोली नेपाल आर्मी र न्यू होराइजन बुटवलले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताको तेस्रो खेलमा विभागिय टोली आर्मीले झापाको लालिगुराँस क्रिकेट एकेडमीलाई ५८ रनले हराएको हो भने चौथो खेलमा न्यु होराइजनले महेन्द्रनगर किक्रेट एकेडेमीलाई ७१ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
वैशाख २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय टिमसहित ८ टिमको सहभागिता रहेको छ । लिगको विजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ पाउनेछन् ।