केपिएलमा कर्णाली ११ र एपिएफको जीत

सुर्खेत, १४ वैशाख (जागरण) । सुर्खेतको बीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग केपिएलमा घरेलुटोली कर्णाली ११ र एपिएफ विजयी भएका छन् ।
कालिन्चोक किक्रेट मैदानमा आज भएको खेलमा समुह ’ए’ अन्तर्गत कर्णाली ११ ले मध्यपश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गरेको छ भने दोस्रो खेलमा एपीएफले हिमालयन क्रिकेट एकेडेमीलाई ८४ रनले पराजित गरेको हो । प्रतियोगितामा कर्णाली ११ को यो दोश्रो जित हो । जितसंगै कर्णाली ११ ले सेमीफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।
प्रतियोगिता अन्तर्गत भोली २ वटा खेल हुनेछन् । बिहानको खेलमा मध्य पश्चिम क्रिकेट क्लब र लालीगुराँस क्रिकेट क्लब तथा दिउसोको खेलमा एपीएफ र न्यु होराइजन क्लबले प्रतिस्पर्धा गर्नेछन् ।