कर्णाली माछापालनका लागि गज्जव

सुर्खेत, १४ वैशाख (जागरण) । कर्णाली प्रदेशमा मत्स्य पालन तथा मत्स्य व्यवस्थापन सम्बन्धी सम्भाव्यता अध्ययन गरिएको छ ।
नेपाल मत्स्य समाजले अमेरिकी सहयोग नियोग (युएसएआइडि) अन्तर्गत पानी कार्यक्रमको सहयोगमा कर्णालीका विभिन्न जिल्लामा माछा पालनको सम्भाव्यता अध्ययन गरेको हो ।
अध्ययनले कर्णाली प्रदेशमा माछा व्यवसायको राम्रो सम्भावना रहेको देखाएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भुमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताउनुभयो ।
समाजले गरेको अध्ययन अनुसार दैलेखमा १९ हेक्टर, सुर्खेतमा २ सय २३ हेक्टर, रुकुम पश्चिममा ३ सय २६, जाजरकोटमा ४ सय १६ र सल्यानमा ५ सय २१ हेक्टरमा व्यवसायिक माछापालनको राम्रो सम्भावना देखाएको छ ।
कृषिमन्त्री केसीले कर्णालीमा माछा व्यवसायलाई प्रवद्र्धन गरी गरिव जनताको आयआर्जनको मुख्य स्रोत बनाउन मन्त्रालयले चार करोड वजेट विनियोजन गरेको बताउनुभयो ।