निती तथा कार्यक्रम स्वागतयोग्य, अब कार्यान्वयन प्राथमिकतामा

सुर्खेत, ११ वैशाख (जागरण) । कर्णाली प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको निति तथा कार्यक्रम माथि मंगलबार (आज) देखि छलफल सुरु भएको छ । आज बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले निति तथा कार्यक्रम माथि छलफल गर्दै स्वागत योग्य भएको बताएका छन् ।
उनीहरुले अब कार्यान्वयमा जोड दिन प्रदेश सरकारलाई ध्यानाकषर्ण गराएका छन् । सरकारले अब बजेट ल्याउँदा निति तथा कार्यक्रमलाई केन्द्रीत गरेर प्रदेश सरकारको गरिवि र बेरोजगारी हटाउने र प्रदेशको उत्तरी नाका खेल्ने विषयमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । पहिलो पटक ल्याएको निति तथा कार्यक्रम ऐतिहासिक भएको उनीहरुले बताएका छन् ।
नेकपा एमाले संसदिय दलका नेता यामलाल कंडेलले निति तथा कार्यक्रम केन्द्रीत बजेट ल्याउने कुरामा ध्यान दिनुपर्ने बताउनु भयो ।
सांसद धर्मराज रेग्मील सरकाले कानुनको संरचना बनाउन सचेत हुनुपर्ने र सांसदहरुसंग पनि समन्वय गर्नुपर्नेमा जोेड दिनुभयोे ।
यस्तै, सांसदले देवि वलीले निति तथा कार्यक्रम अबको पाँच वर्षको कार्यकाल सफल गराउने संकेत भएको भन्दै अब कार्यान्वयनको महत्वपुर्ण हुने बताउनु भयो । उहाँले बालबाबिबाह बहुविवाह अन्त्य र महिला हिंसा अन्तय गर्ने निति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनु भयो । उहाँले प्रदेश सरकाले प्रदेशका उत्तरी नाका खोल्ने कामलाई अब ल्याउने बजेटमा प्राथमिकता दिनपर्ने बताउनु भयो ।
सांसद अमरबहादुर थापाले पनि प्रदेशको उत्तरी नाका खोल्नुर्पेमा जोड दिनुभयो । उहाँले उत्तरी नाका हिल्सा र नाक्चेनाग्लालाई प्राथमिकता दिनुपर्ने र उत्तरी नाका तथा प्रदेशको राजधानि जोड्न तेलपानी सुर्खेत देखि नाक्चेनाग्लाको सडक निर्माणमा ध्यान दिनुपर्ने बताउनु भयो ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को तीन महिनाका लागि ल्याएको नीति तथा कार्यक्रममा पर्यटन, जलविद्युत, कृषि र जडीबुटीलाई सम्भावनाको रुपमा औँल्याउँदै प्रदेशको विकास र समृद्धिका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, सडक, पर्यटन र जलविद्युतको विकासलाई प्राथमिकता दिइएको छ । संसद वैठक भोलि (बुधबार) १ बजेसम्मका लागि स्थगित भएको छ ।