दैलेख,१५ वैशाख (जागरण)। दैलेखको डुंगेश्वर गाउँपालिकाले माथिल्लो डुंगेश्वर प्रहरी चौकीलाई एक थान मोटरसाइकल दिएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले दुई लाख ५० हजारको अनुदानमा मोटरसाइकल दिएको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर बुढाले जानकारी दिनुभयो ।
गाउँपालिका कार्यालय रहेको ठाउँमा सुरक्षा सहयोगमा खटेको अस्थायी प्रहरी बिटको कामलाई थप सहयोग पु¥याउन आज भएको मोटरसाइल हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्ल, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटा र प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलको पनि उपस्थिति थियो ।
स्थानीय प्रहरी इकाइको कामलाई सघाउन यसअघि दुल्लू र चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पनि एक एक थान मोटरसाइकल दिएका पत्रकार अमर सुनारले जानकारी दिनुभयो ।