केपिएल टूः मध्यपश्चिम र एपिएफको जीत

सुर्खेत, १५ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा जारी दोश्रो संकरणको कर्णाली प्रिमियर लिग (केपिएल–टू) क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मध्यपश्चिम क्रिकेट क्लब र सशस्त्र प्रहरी बलले जित हाँसिल गरेका छन् ।
पहिलो खेलमा समुह ‘ए’ अन्तर्गत मध्यपश्चिम क्रिकेट क्लबले लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो ।
यस्तै दिनको दोश्रो खेलमा समुह ‘बि’ अन्तर्गत शसस्त्र प्रहरी बलले न्यु होराइजन बुटवललाई ३८ रनले पराजित गरेको छ ।
अव भोली विहान पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट एकेडेमी तथा दोश्रो खेलमा त्रिभुवन आर्मी क्लव र कर्णाली ११ ले प्रतिस्पर्धा गर्ने छन् ।
पहिलो खेल विहान साढे ७ बजेदेखि र दोश्रो खेल दिउँसो १ बजे हुने आयोजक कर्णाली क्रिकेट एकेडेमीले जानकारी दिएको छ ।