आर्मी केपिएलको सेमिफाइनमा, बुटवलको अर्को जीत

सुर्खेत, १७ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग (केपिएल) क्रिकेटमा विभागिय टोली आर्मी क्लब सेमीफाइनलमा प्रवेस गरेको छ ।
आज भएको समूह ए को अन्तिम खेलमा आर्मीले मध्यपश्चिम क्रिकेट क्लब बाँकेलाई १ सय ७ रनको फराकिलो अन्तरले हराउँदै समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो ।
यस्तै समूह बी को न्यु होराइजन बुटवलले दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा न्यु होराइजन बुटवलले हिमालयन क्रिकेट एकेडेमीलाई पाँच विकेटले हराउँदै अन्तिम चारमा संभावना बलियो बनाएको छ ।
भोलि हुने एपीएफ र महेन्द्रनगर क्रिकेट एकेडेमी बीचको खेलले यो समुहबाट सेमीफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।