सुर्खेत, १८ वैशाख (जागरण) । सुर्खेतको बीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग (केपिएल) क्रिकेटमा विभागिय टोली शसस्त्र प्रहरी बल र महेन्द्रनगर क्रिकेट एकेडेमी बीच प्रतिस्पर्धा हुँदैछ । यो खेलले सेमीफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।
यसअघि विभागिय टोली आर्मी क्लब सेमीफाईनलमा प्रवेस गरेको छ । समूह ए को अन्तिम खेलमा आर्मीले मध्यपश्चिम क्रिकेट क्लब बाँकेलाई १ सय ७ रनको फराकिलो अन्तरले हराउँदै समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो ।
यस्तै समूह बी को न्यु होराइजन बुटवलले दोस्रो जित दर्ता गरेको छ ।
न्यु होराइजन बुटवलले हिमालयन क्रिकेट एकेडेमीलाई पाँच विकेटले हराउँदै अन्तिम चारमा संभावना बलियो बनाएको छ ।