कर्णालीमा हेलिकप्टरबाट सुत्केरी हुन नसकेकी २३ महिलाको उद्दार (अडियो सहित)

सुर्खेत, १८ वैशाख (जागरण) । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एकै दिन दुई जना सुत्केरी हुन नसकेका महिलाको उद्दार गरेको छ ।
आज बिहान हुम्लाको चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत ३३ वर्षिया अनमी निशा नेपालीलाई एअरलिफ्ट गरेको मन्त्रालयले दिउँसो ओदानचुली गाउँपालिका वडा नं. १ कि ३५ वर्षीया राजकला महताराको उद्दार गरेको हो ।
अनमी निशाको गर्भपतन गराउँदा अत्याधिक रक्तश्राव भएकोले उहाँलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँमा ल्याइएको हो ।
यस्तै सुत्केरी व्यथा लागेकी राजकला महताराले बच्चा जन्माउन नसकेपछी तत्काल मन्त्रालयका सामाजिक विकास मन्त्री दल रावल आफै पुगेर आज उद्दार गर्नुभएको हो ।
आर्थिक वर्ष २०७४/०७५ मा सरकारले ७ जना सुत्केरी महिलाको उद्दार गरेको छ भने चालु आर्थिक वर्षमा मन्त्रालयले १६ जनाको उद्दार गरेको मन्त्री रावलले जानकारी दिनुभयो ।
सरकारले यो कार्यका लागि दुई करोड बजेट विनियोजन गरेकोमा अहिले करिव एक करोड अझै जगेडा गरेको मन्त्री रावलले बताउनुभयो ।

सुन्नुहोस् मन्त्री रावलको आवाजः

प्रदेशका विकट जिल्लामा देखिएको यस्तो समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले अव प्रत्येक स्थानीय तहमा एकएक वटा प्राथमिक स्वास्थ्य केन्द्र राख्ने योजना बनाएको छ ।
हवाई उद्दार केही समयका लागि मात्रै भएकाले ती स्वास्थ्य केन्द्रमा एक एक जना विशेषज्ञ डाक्टर राख्ने र जिल्लाबाट सम्भव नभएको खण्डमा प्रदेश सरकारले आफ्नै खर्चबाट भएपनि सेवा सेवा उपलब्ध गराउने योजना बनाएको मन्त्री रावलको भनाई छ ।

फेरी सुन्नुहोस् मन्त्री रावलको आवाजः