सुर्खेत, ११ वैशाख (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न पाँच प्राध्यापक संघ संगठनहरुले कर्णाली प्रदेशको निती तथा कार्यक्रममा कर्णाली बहु–प्राविधिक विश्वविद्यालय स्थापना गर्ने कार्यक्रम समेट्न ध्यानाकर्षण गराएका छन् ।
आज एक प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले विश्वविद्यालयलाई प्रदेश सरकारको मातहतमा ल्याउन पहल गर्ने भनी निती तथा कार्यक्रममा समेटिएकोप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले निती तथा कार्यक्रमको बुँदा नम्बर ६ लाई संशोधन गरी विश्वविद्यालयलाई केन्द्रिय विश्वविद्यालयका रुपमा विकसित गर्न आग्रह गरिएको छ ।
यसैबिच, विश्वविद्यालयका विभिन्न ६ विद्यार्थी संगठनले विश्वविद्यालयलाई प्रदेश सरकारको मातहतमा राख्ने निर्णय तत्काल सच्याउन चेतावनी दिएको छ ।
यो विश्वविद्यालय स्वायत्त निकाय भएको भन्दै उनीहरुले केन्द्रकै मातहतमा चल्न दिन प्रदेश सरकारलाई सुझाएका छन् ।