पञ्चकोशी यातायात प्रा.लिले सेवा सुरु गर्दै

सुर्खेत, २१ वैशाख(जागरण) । सुर्खेत सुर्खेतमा सवैभन्दा पछाडि स्थापना भएको पञ्चकोशी यातायात प्रा.लिले यात्रुलाई सुरक्षित साथ गन्तव्यमा पु¥याउने सेवा र सामाजिक कामलाई संगसंगै लैजाने भएको छ ।
आजदेखि प्रशान्ति बृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई देउतीबज्यै र काँक्रेविहारको परिक्रमा गराएपछि प्रालि.ले आफ्नो सेवा सुरु गर्दैछ ।


प्रालिले सामाजिक संस्थालाई १० हजार आर्थिक सहयोग गर्ने, प्रालिमा ४० वटा गाडी पुगेपछि प्रति टिकट एक रुपैयाँ जम्मा गरी बार्षिकरुपमा सामाजिक संघसंस्थाहरुलाई सहयोग गर्ने र पासको आधारमा पत्रकारहरुलाई यात्रामा २० प्रतिशत सहुलियत दिइने जनाएको छ । प्रालिले सेवासंगै मानवीयताका आधारमा सामाजिक कामलाई पनि संगसंगै लैजाने अध्यक्ष संजय खत्रीले जानकारी दिए । प्रालिले तत्काल ६ वटा रुट तय गरेको छ । अध्यक्ष खत्रीका अनुसार काठमाडौं, दैलेख, दुल्लु, जुम्ला, कालिकोट र मुगुमा रुट तय गरी बस सेवा संचालन गर्नेछ । यात्रुहरुलाई सुरक्षित यात्रा गराउने आफूहरुको मुख्य उद्देश्य रहेको बताउँदै उनले आगामी दिनमा बस संख्या र रुट पनि थप गर्दै जाने जनाए ।