सुर्खेत,२१ वैशाख(जागरण) । विभागिय टोली आर्मी क्लबले सुर्खेतको बीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रिमियर लिग केपिएलको दोस्रो संस्करणको उपाधि पनि जितेको छ ।
आज भएको फाईनलमा न्यू होराईजन बुटवललाई ५९ रनले हराउँदै साबिक बिजेता समेत रहेको आर्मीले उपाधिसंगै पाँच लाख रुपैयाँ पुरुस्कार पाएको छ ।
उपविजेता बनेको न्यू होराईजन बुटवलले भने दुई लाख रुपैयाँमा चित्त बुझाएको छ । १४७ रनको लक्ष्य पाएको न्यू होराईजनले १८ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाएपछि फराकिलो हार भोगेको हो ।
बुटकलका कप्तान शक्ति गौचन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै ५० हजार हात पार्नु भयो ।
यसैगरी आयोजक कर्णाली एघारका कप्तान रबिन्द्रजंग शाहीले उकृष्ट ब्याट्सम्यान र आर्मीका सुसन भारीले उत्कृष्ट बलर बन्दै समान २० हजार पाउनु भएको छ।
यसैबीच प्रतियोगिमा वीरेन्द्रनगर ३ का अमर बिकले गोलापर्था एउटा मोटसारसाइकल प्राप्त गर्नुभएको छ ।
८ टिम सहभागी भएको प्रतियोगितामा १५ वटा म्याच सञ्चालन भएका थिए ।