हस्त चौलगाई ।
कालिकोट २२ वैशाख । कालिकोटका वनपाखामा कुहिएर खेर गइरहेको अल्लोको पुवा पछिल्लो समय आम्दानीको मुख्य स्रोत बनेको छ । जिल्लाका पहाडी तथा उच्च पहाडी क्षेत्रको जंगलमा पाइने अल्लो पुवाको प्रशोधन गरेर धागो र कपडा बनाउन थालिएपछि स्थानीय वासीले आय आर्जनको अवसर पाएका हुन् ।
जिल्लाको शुभकालिका गाउँपालीकाको भर्र्तालेख, हाउडिलेख लगायतका क्षेत्रको जंगलमा अल्लोको पुवा संकलन गरेर सयाँैले रोजगारी र आयआर्जन गरिरहेका छन् । केही वर्षअघि सम्म त्यसै कुहिएर खेर जाने गरेको पुवा संकलन गरेर एकै जनाले मासिक ५० हजारसम्म आम्दानी गर्न सफल भएको शुभकालिका गाउँपालिका–३ का भतm रोका मगरले बताए ।
मगरका अनुसार, पुस–माघ महिना लोक्ता संकलनको याम हो । स्थानीयवासीका अलावा जंगलमा भेडाबाख्रा र गाईवस्तु चराउन जाने गोठालाले पनि लोक्ता संकलन गरेर अतिरिक्त आम्दानी गरेका छन् । अल्लोको पुवा प्रशोधन गरेर धागो र कपडा बनाउने गरिएको छ ।
एक किलो पुवा ४ सय मा बिक्री हुने गरेको छ । जिल्लाको एकमात्र अल्लो प्रशोधन उद्योग हो । जंगलबाट ल्याएको पुवालाई तातोपानीमा पकाएर सुकाएपछि स–सानो रेशा निस्कने गर्छ । त्यसलाई चर्खामा घुमाएर धागो बनाउने गरिएको वाहुवा ढुंगा सामुदायीक संस्थाका सञ्चालक भतm रोका मगरले बताए ।
उनिमात्र होइनन् सोहि गाँउका १० जना महिला र १० जना पुरुष गरि २० जानले यसैवाट रोजगारि पाइरहेका छन् । हामि जस्ता वेरोजगारि युवा युवति हरुलाई आर्थिक सहयोग गरि रोजागारि शृर्जना गर्ने मानव अधिकार तथा वातवरण विकास केन्द हुरेन्डेक पे्ररणको स्रोत बनेको उद्यम संचालन पछि सिप सिक्न आएकी पानसरा रोका मगरले बताईन । अल्लो प्रशोधन तथा कपडा वुन्ने सिप बाटै छोरा,छोरीलाई स्कुलमा पढाउने देखी घर खर्च पनि टार्न सहयोग भएको छ,भने अर्का तिर मेरो पहिलाको नाजुक अवस्था भन्दा अहिलेको फेरिएको छ ।
धागोबाट कपडा तयार पारी कोट, झोला, पर्स, सल र स्वेटर बनाउने गरेका छौ । बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने अल्लोका कपडाको माग वढिरहेको उनले बताईन
आफुहरुले उत्पादन गरेका वस्तुहरु नेपालका ठुला ठुला शहर र स्थानिय वजारमा जाने गरेको छ।थप चार सय मिटर कपडा बिक्री हुन बाँकी रहेको र बजारको खोजी भइरहेको मगरले बताईन । प्रतिमिटर अल्लोका कपडा गुणस्तरअनुसार ४ सय देखि ८ सय ५० का दरले बिक्री हुने गरेको छ । एक किलो धागोबाट पाँच मिटर कपडा बनाउन सकिन्छ ।
स्थानिय स्थरमा स्थानिय सो्रत साधन प्रप्तहुदा हुदैपनि स्थानिय सरकारले यसको सहि तरिकाले महत्व नराख्दा वहुमुल्य वस्तुहरु खेर गइरहेको प्रति कालिकोटका उद्योमीहरु निराश बनेका छन् । स्थानिय स्रोत साधनको उपयोग गर्न स्थानिय सरकारले स्पस्ट निति नियम नवन्दा वहुमुल्य वस्तुहरु गैरकानुनि तरिकाले वाहिर जानुका साथै जंगलमै खेर गइरहेको उद्योगि व्यवसायिहरु बताउछन ।