सुर्खेत, २२ वैशाख (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत १० वटा आङ्गिक क्याम्पसमा पहिलो परिक्षा आजदेखि शुरु भएको छ ।
आङ्गिक क्याम्पसको परिक्षामा मानविकीतर्फ तीन सय ८०, शिक्षा शास्त्रतर्फ १ हजार १ सय आठ, व्यवस्थापन तर्फ तीन सय १६ गरी जम्मा १ हजार ८ सय ४ जना परिक्षार्थी परिक्षामा सहभागि भएका छन् ।
केन्द्रिय क्याम्पस सुर्खेत, सम्वन्धनप्राप्त क्याम्पसहरु र आङ्गिक क्याम्सहरुबाट गरी चार हजार तीन सय ९४ जना विद्यार्थी परिक्षामा सहभागि भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय परिक्षा व्यवस्थापन कार्यालय प्रमुख डाक्टर आनन्द प्रसाद सुवेदीले जानकारी दिनुभएको छ ।
विश्वविद्यालयले सञ्चालन गरेको नयाँ कार्यक्रम कानुन संकाय तर्फ विएएलएलविमा ३८ जना र व्यवस्थापन संकाय तर्फ विएचएममा ४८ जना र वि टि टि एम कार्यक्रम तर्फ ३९ जना विद्यार्थी परिक्षामा सहभागि भएका छन् ।
कर्णाली प्रदेशका आगिंक बनेका क्याम्पसमा भेरी ज्ञनोदय क्याम्पस जाजरकोट, भेरी शिक्षा क्याम्पस गुमी सुर्खेत, विद्यापुर जनता वहुमुखि क्याम्पस सुर्खेत, मुसिकोट खलङ्गा वहुमुखि क्याम्पस रुकुम पश्चिम, नारायण क्याम्पस दैलेख, रारा वहुमुखी क्याम्पस मुगु, तिला कर्णाली वहुमुखि क्याम्पस कालिकोट तथा प्रदेश नम्बर ५ का बबई वहुमुखि क्याम्पस बर्दिया, जलजला वहुमुखि क्याम्पस रोल्पा र वागेश्वरी वहुमुखि क्याम्पस कोहलपुर बाँके रहेका छन् ।
आज पहिलो दिनको परिक्षा मर्यादित र शान्तीपुुर्ण ढङ्गले सम्पन्न भएको प्रमुख सुवेदीले जानकारी दिनुभएको छ ।