औषधि पन नाई, डाक्टर पन नाई,खोरो दुख्याको छ, सिटामोल पन नाई

प्रभा रावत ।
सुर्खेत,२३ वैशाख (जागरण) । हरेक क्षेत्रमा पछाडी रहेको कर्णाली प्रदेश स्वास्थ्य सुविधाको हिसावले पनि पछाडी छ । भौगोलिक रुपमा विकट र दक्ष जनशक्ति नभएका कारण कर्णालीका नागरिक आधारभुत स्वास्थ्य सेवाबाट पनि बञ्चित छन् ।
‘हामीपन केही सुविधाँ नाई, जिल्ला अस्पताल ल्यायापछी चारदिन लाग्दाछन्, मुगु लिन तीन दिन लाग्दाछन् । अब अस्पतालमा पनि केही नाई, औषधी पन नाई, स्टेचर पन नाइ,कपाल दुख्या सिटामोल दिना’
हुम्लाको चंखेली गाउँपालिका वडा ३ का हजारी बुढालाई सदरमुकाममा रहेको अस्पताल पुग्न तीन दिन हिंड्नुपर्छ । यातायातको सुविधा छैन । बल्ल बल्ल अस्पताल पुग्दा कहिले डाक्टर भेटिंदैनन् कहिले औषधि सकिएको हुन्छ । हुम्लाकै सर्केगाढ गाउँपालिका वडा २ का गुरु कार्की पनि दुई दिन हिंडेर अस्पताल पुगनुभयो ।
‘सिमकोट पुग्न दुइदिन लाग्छ, स्वास्थ्य कर्मि पनि कहिले भेटिने कहिले नभेटिने, जटिल विरामी हुँदा तलै पठाउनु पर्छ, लामो बाटो, बाटोमा नै अप्ठेरो होला जस्तो हुन्छ’

कर्णालीका अधिकांश जिल्लाका नागरिक यस्तै समस्या झेलिरहेका छन् । कर्णाली दश जिल्ला मध्य जुम्लामा एउटा शिक्षण अस्पताल छ । अरु जिल्लामा एक–एक वटा जिल्ला अस्पताल छ । सुर्खेतको वीरेन्द्रनगरमा भने एउटा प्रदेश अस्पताल पनि छ । कर्णाली प्रदेश भर १३ वटा प्राथामिक स्वास्थ्य केन्द्र छन् । तर पनि आम नागरिकले आधारभुत स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखा प्रमूख वृषबहादुर शाही ।

‘अन्य जिल्ला भन्दा कर्णाली प्रदेशका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न गाह्रो छ, स्वास्थ्यकर्मि ने छैनन् प्रदेशमा’

कर्णालीमा १ सय १८ विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि त्यसको आधामात्र पदपुर्ति भएको छ । ३० जनाको दरबन्दी रहेपनि, प्रदेश अस्पतालमा हाल कार्यरत ११ जना विशेषज्ञ चिकित्सकमध्ये ९ जनाले संघ र २ जनाले प्रदेश रोजेपछि अस्पताल विशेषज्ञ चिकित्सक विहिन भएको छ । यस्तो समस्याको समाधान कहिले हुन्छ सामाजिक विकास मन्त्री दल रावल ।

सकेसम्म प्रत्येक पालिकामा एउटा हस्पिटलको व्यबस्था गर्ने योजना बनाएका छौँ, आगामी वर्षको नितीमा समेटेर छिटो भन्दा छिटो समाधान तर्फ लाग्छौँ ।

मन्त्रालयले यो आर्थिक वर्षमा जिल्लामा सम्भव नभएपछी १७ जना गर्भवति महिलाको हेलिकप्टर मार्फत उद्दार गरेको छ । कर्णालीमा विषेश गरि कुपोषण, श्वासप्रश्वास, र रुखबाट लडेका विरामी बढि मात्रामा अस्पताल पुग्ने गरेका छन् ।

अडियाे सुन्नुसः