व्यक्तिगत लगानीमा राजधानीमा ‘जेव्रा क्रस’ र ‘क्याट लाइट’

सुर्खेत, २३ वैशाख (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतका विभिन्न सडकहरुमा एक युवाले ‘जेव्रा क्रस’ र ‘क्याट लाइट’ निर्माण गर्नुभएको छ ।
वीरेन्द्रनगर ४ भैरवस्थानका किरणकिशोर सापकोटाले व्यक्तीगत लगानीमा ‘जेव्रा क्रस’ र ‘क्याट लाइट’ निर्माण गर्नुभएको हो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बढ्दो सवारी चापसँगै सम्भावित सडक दुर्घटना न्युनिकरण गर्न सहयोग पुग्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालयको समन्वयमा ट्राफिक संकेतहरु स्थापना गरिएको सापकोटाले बताउनुभयो ।
वीरेन्द्रनगरस्थित वीरेन्द्रचोक, भैरवस्थानस्थित भैरव उमावि अगाडी र हटियाको तल्लो चौकमा ‘जेब्रा क्रस’को निर्माण गरी ‘क्याट लाइट’ समेत जडान गरिएको छ ।