सुर्खेत, २४ वैशाख (जागरण) । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले आफ्नो मन्त्रालय मातहतका विषयगत इकाइहरुको अनुगमन गर्नुभएको छ ।
मन्त्री रावलले शिक्षा र स्वास्थ्यतर्फका इकाईहरुको अवस्था, मन्त्रालयबाट वजेट प्राप्त गरी भइरहेका योजना निर्माणको अवस्था लगायतबारे अनुगमन गर्नुभएको हो ।
आज एकै दिन वीरेन्द्रनगर नगरपालिका वडानम्वर १२ मा रहेका अमरज्योति नमूना माध्यमिक विद्यालयमार्फत् प्राविधिक शिक्षा सञ्चालन गरिरहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गुप्तीपुर, हस्तवीर सामुदायिक विद्यालय चनौटे, सहरी स्वास्थ्य केन्द्रको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा मन्त्री रावलले कामलाई गुणस्तरीय र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । अनुगमनका क्रममा मन्त्री रावलले अमरज्योति नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्य, प्राचार्य खगेन्द्र थापा, हस्तवीर सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद पौड्याल, जतप्रतिनिधि लगायतसँग भेट गर्नुभएको छ ।