नन्द कठायत ।
सुर्खेत, २५ वैशाख (जागरण) । कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशको आवश्यकता बमोजिम स्वयंसेवक परिचालन गरेको हो ।
मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको ‘कर्णाली प्रदेश स्वयंसेवक परिचालन कार्यविधि’ स्वीकृत गरेसँगै मन्त्रालयले स्वयंसेवक परिचालन गरेको छ ।
कार्यविधि अनुसार परिचालन भएका स्वयंसेवकहरू प्राविधिक क्षेत्रका रहेका छन् । प्रदेशमा रहेका प्राविधिक विषय अध्ययन गरेका बेरोजगार युवा र प्राविधिक क्षेत्रमा अभाव रहेको जनशक्तिलाई मध्यनजर गर्दै स्वयंसेवक परिचालन गर्न लागिएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार विशेषगरी निर्माण, कृषि, शिक्षा, स्वास्थ्यलगायतका विषयसँग सम्बन्धित प्राविधिकहरू स्वयंसेवकका रूपमा खटाइएको छ ।
यो वर्ष खटाइने स्वयंसेवकहरू यसअघि राष्ट्रिय योजना आयोगको कार्यक्रम अनुसार रहने उहाँले बताउनुभयो ।
मन्त्रालयले २० वटा क्षेत्रमा स्वयंसेवक परिचालन गरेको छ । मन्त्रालयले गत आर्थिक वर्ष र यो आर्थिक वर्षमा गरी जम्मा २ सय १२ जना स्वयंसेवक परिचालन गरेको छ ।
दश वटा जिल्ला मध्ये मुगु जिल्लामा सबैभन्दा बढि स्वयंसेवक परिचालन गरेको छ । कार्यक्रमले प्रदेशको समृद्धितर्फ पनि टेवा पुर्याउने मन्त्री रावलको भनाइ छ ।
यसैविषयमा रहेर हामीले सामाजिक विकास मन्त्रालय अन्तरगत युवा तथा खेलकुद महासाखाका उपसचिव दामोदर फुयालसँग कुराकानी गरेका छौँ ।
सुन्नुहोस् कुराकानीः