सुर्खेत, १२ वैशाख (जागरण) । कर्णाली प्रदेशको निति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मत पारित भएको छ । चालु आर्थिक वर्ष २०७४/७५ को तेश्रो चौमासिकका लागि निती तथा कार्यक्रम पारित गरिएको हो ।
गत प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रस्तुत गर्नुभएको निती तथा कार्यक्रममाथि संसदमा दुई दिनसम्मको छलफलपछि आज (बुधबार) सभामुख राजबहादुर शाहीले निति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गर्नुभएको हो ।
प्रदेशसभा नियमवली २०७४ को नियम ३७ को उपनियम ३ बमोजिम निणार्थक सभामुख शाहीले प्रस्तुत गर्नुभएको थियो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई दिनसम्म सुझाव समेट्ने भन्दै संसदमा पारितका लागि प्रस्ताव गर्नुभएको थियो ।
निति तथा कार्यक्रममा कर्णालीको भौतिक पुर्वाधार, सडक, पर्यटन र जलविद्युतको विकास गरी कर्णालीलाई मुलुककै समृद्ध प्रदेश बनाउने अठोटकासाथ महत्वकांक्षी योजना अघि सारिएको छ ।
संसद बैठक भोलि १ बजेसम्मका लागि स्थगित गरिएको छ ।