सुर्खेत, २९ वैशाख (जागरण) । कर्णाली प्रदेशका सवै जिल्लामा आजदेखि निःशुल्क रक्तचाप मापन शिविर सञ्चालन गरिएको छ । रक्तचाप मापन गरी स्वस्थ रहन सजगताका लागि शिविर सञ्चालन गरिएको हो ।
अन्तर्राष्ट्रिय उच्च रक्तचाप सोसाइटीको आव्हानमा मनाइने एक महिने अभियान अन्तर्गत जनस्वास्थ्य संघ र नरसिङ्ग एशोसियसनको अगुवाईमा कर्णाली प्रदेशमा शिविर सञ्चालन गरिएको हो ।
शिविरको सुरुवातमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले रक्तचाप जाँच गराउनुभएको छ । त्यस लगत्तै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको रक्तचाप जाँच गरिएको छ ।
![](https://jagaran.com.np/wp-content/uploads/2019/05/60031599_614091479066451_6029054599388725248_n.jpg)
उच्च रक्तचापका कारण विभिन्न खतरनाक स्वास्थ्य समस्या आउने भएकाले त्यसो हुन नदिन शिविर फलदायी हुने मन्त्री रावलले बताउनुभयो । कर्णालीमा आजदेखि शुरु भएको अभियान जेठको १८ गतेसम्म चल्नेछ ।
यसैबीच, कर्णाली प्रदेशमा २२ प्रतिसत पुरुष र १० प्रतिसत महिलामा उच्च रक्तचापको समस्या रहेको स्वास्थ्य निर्देशनालय कर्णालीले जनाएको छ ।
![](https://jagaran.com.np/wp-content/uploads/2019/05/59903326_370782470447135_5640901534217666560_n.jpg)
साइलेन्ट किलरको रुपमा बुझिने उच्च रक्तचापले किड्नी, मुटु र आँखा जस्ता सम्वेदनशिल स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले रक्तचाप मापनमा सहभागि बन्न निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधी वाग्लेले बताउनुभयो ।
सुन्नुहोस् वाग्लेको भनाईः