दमकलविहिन सल्यान

सल्यान, २ जेठ (रेडियो राप्ती) । सल्यान जिल्ला नै दमकल बिहिन छ । जिल्लामा तीन नगरपालिका र सात गाउँपालिका छन् । तरपनि सिंगो सल्यानमा नै एउटापनि दमकल छैन ।
जिल्लामा आकस्मिक रुपमा आगलागी हुँदा निभाउने यन्त्र नै नभएपछि समस्या हुने गरेको छ । सामुदायिक बनमा लागेको डढेलो मानवबस्तीमा आउदाँ यस आर्थिक बर्षमामात्रै दर्जनबढी घरगोठ जलेर नष्ट भएभने जिल्लाले ठूलो धनजनको क्षती बेहोर्नु परेको छ ।
जिल्लाका स्थानिय तहले दमकल खरिदका लागी कुनै योजना नभएको बताएका छन् ।