महिलालाई प्रत्येक्ष लाभ पुग्नेगरी भएका र हुने कामहरु (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, २ जेठ (जागरण) । जागरणले नियमीत रुपमा जनताले नै निर्वाचित गरेका जनप्रतिनिधिहरुसँग उनिहरुका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ । संघिय लोकतान्त्रिक व्यवस्थाअनुसार स्थानिय, प्रदेश र संघ सरकार छन् । आफ्ना सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो । स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी जो कोही पनि गर्नैपर्छ । अहिले सरकारहरु चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका विकासका योजनाहरुको कार्यन्वयन गर्ने क्रममा छन् । जनतासँग जनप्रतिनिधी अन्तरर्गत हामीले कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्कासँग कुराकानी गरेका छौँ । उहाँलाई हामीले यहाँका महिलाले प्रत्यक्ष लाभ पाउनेगरी के काम गर्नुभयो ? भनेर सोधेका छौँ ।

सुन्नुहोस् कुराकानीः