आहा कर्णालीः ‘फर्की फर्की घुम्न मन लाग्ने बुलबुले’ (अडियो सहित)

अप्सरा विष्ट ।
सुर्खेत, ३ जेठ (जागरण) । ‘सुर्खेत बुलबुले ताल, मयाँ मै सानी हुनाले छुट्यो मयाँ जाल…।’ यो गीत सुन्ने वित्तिकै सवैलाई याद आउँछ । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित सुन्दर र रमणिय ताल बुलबुलेको । कर्णालीका पर्यटकिय क्षेत्रहरुमध्येको एक हो सुर्खेतको बुलबुले ताल । बुलबुले तालमा पछिल्लो समय पर्यटकको संख्या बढ्न थालेको छ ।


बुलबुले तालमात्रै होइन बुलबुले उद्यान भित्रको वातावरणलाई अझै रमणिय बनाउन विकासका कामहरु भैरहेका छन् । अहिले बुलबुलेतालमा पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । एक वर्ष पहिला दैनिक २५ देखि ३० जना पर्यटक भित्रिने गरेको बुलबुले क्षेत्रभित्र हिजोआज दैनिक ३५ देखि ४० जना भित्रिने गरेका टिकट काउन्टरकी निर्मला बास्तोलाले बताउनुभयो ।
सुर्खेत प्रवेश गरेको जो कोही पनि घुम्ने गन्तव्यको रुपमा बुलबुलेलाई बताउने गर्दछन् । सुर्खेत प्रवेश गर्ने जो कोही पनि एक पटक बुलबुले पुग्नैपर्छ भन्ने मान्यता छ । बुलबुलेभित्र जव पुगिन्छ रमणिय वातावरणले सवै कुरा बिर्साइदिन्छ । बाँकेको नेपालगञ्जबाट बुलबुले घुम्न आउनुभएका रमेश कुमार सिंहले बुलबुले घुमेर आनन्द महसुस भएको बताउँदै प्रतिक्षालयको व्यवस्था भए अझै गज्जव हुने बताउनुहुन्छ ।


बुलबुले क्षेत्रभित्र एक पटक पुगेका जो कोही पर्यटक पनि अर्को पटक बुलबुले नगई मनले नै मान्दैन भन्छन् पर्यटकहरु । बुलबुलेमा फ्रि वाइफाई पनि भएकाले पर्यटकहरु दिनभर बुलबुलेभित्रै रमाउन समेत पाउने गरेको टिकट काउन्टरकी बास्तोला बताउनु हुन्छ ।


बुलबुले क्षेत्रभित्र घुम्नेमात्रै होइन, वनभोज खाने र रमाउनेहरु पनि जाने गर्छन् । अव केही समयमै वनभोज स्थललाई व्यवस्थित गरिने सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण प्रसाद कोइरालाले बताउनु भयो ।
पर्यटन विकासका लागी कर्णाली रारा पर्यटन भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत प्रदेश वन निर्देशनालय सँगको सहकार्यमा ‘आहा कर्णाली’ सञ्चालन गरिएको छ ।
सुन्नुहोस् अडियो रिपोर्टः