विवादले हुन सकेन राष्ट्रपति रनिङ्ग सिल्ड

राजकुमार भाम
मुगु, १३ वैशाख (जागरण) । अन्य जिल्लामा जस्तै मुगुमा पनि प्रत्येक बर्ष सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यसपाली स्थगित भएको छ । सहभागी दुई बिद्यालय माहाकाली मावि श्रीनगर र मस्टा मावि रातापानीका खेलाडी बिच विवाद हुदाँ खेल स्थगित भएको हो ।
छायाँनाथ रारा नगरपालीका वडा नम्बर १४ स्थित बामको खेलमैदानमा शुरु भएको दशाैँ राष्टपति रनिङ्ग शिल्ड प्रतियोगितामा दुई बिद्यालय माहाकाली मा वि र माहादेव मस्टा मावि रातापानी सहभागी भएका भएपनी खेल शुरु भएको एक घण्टा नबित्दै ४ सय मिटर दौडमा विवाद हुदाँ खेल स्थगित भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
विवादलाई समाधान गरी खेल लाई अगाडी बढाउन दुई दिन सम्म लगातार प्रयास गरीएको भएपनी खेलाडी बिच कुरा नमिल्दा खेल लाई बाध्य भएर स्थगित गरीएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कृष्ण बहादुर सजेवालले बताउनुभयो ।
जिल्लामा २२ माध्यामिक बिद्यालय भएका भएपनी सबै बिद्यालय लाई सहभागीका लागी पत्राचार गर्दा पनी सहभागी नभएका बताईएको छ ।