रारामा पर्यटक बढे संगै घोडा चढाई घुमाउने व्यवसाय फस्टाउँदै

राजकुमार भाम
मगु, १३ वैशाख (जागरण) । नेपालको सबै भन्दा ठुलो तथा पर्यटकिय केन्द्र रारा तालमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आर्कषर्ण बढे पछि ताल वरिपरी घुमफिरका लागि पछिल्लो समयमा घोडा चढाएर घुमाउने व्यवसाय फस्टाउन थालेको छ ।

याे वर्षदेखि कर्णाली रारा पर्यटन वर्ष संचालन हुँदा पनि रारा घुम्न अाउने पर्यटककाे संख्या बढ्न थालकाे हाे । रारा ताल सम्म सडक सञ्जाल नजोडिएको हुँदा रारा घुम्न आउने आन्तरीक तथा बाह्य पर्याटकहरुलाई रारा ताल ,मुर्मा टप सम्म घुम्न र मनोरन्जन गर्नका लागि घोडामै घुमघाम गर्ने गर्दछन् । यस क्षेत्रमा घोडा चढाएर घुमाउने ब्यावसाय पछिल्लो समय भन्दा अहिले राम्रो आम्दानीको स्रोत बनेको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका ८ झ्यारी र ९ मुर्मा गाँउका प्रत्येक घरमा घोडा पाली घोडा चढाएर घुमाउने ब्यावसय गरीरहेका छन् ।
उनीहरु बिहान ६ बजे देखी बेलुका ५ बजे सम्म पर्यटकहरुलाई घुमाउनको लागि घोडा सहित पर्यटकको पखाईमा रहेका रारा तालको वरिपरी हुन्छन् ।
व्यावसायीहरु ताल्चा विमान स्थल देखि रारा तालको हुटु ब्यारेक सम्म २ हजार देखी २५ सय सम्म र हुटु ब्यारेक देखी मुर्मा टप सम्म २ हजार,रारा तालको वरीपरी घोडा बाट घुमाए पछि २५ सय सेवा शुल्क लिने गरिरहेका छन् ।
पछिल्लो समयमा मुगु सम्म राष्ट्रिय सडक सन्जाल विस्तार भई नेपालगंन्ज सुर्खेत तथा काठमाण्डौ बाट गाडीमा २ दिनमा नै रारा पुग्न सकीन्छ ।
मुगुको एक मात्र हवाई सेवा सचालन हुने ताल्चा बिमान स्थल कालोपत्रे भए पछि नेपालगंज बाट रारा ताल्चा सम्म ४५ मिनेट, सुर्खेतबाट रारा ताल्चा सम्म ३५ मिनेट समय लाग्ने भएको हुँदा रारा तालमा आन्तरीक तथा बाह्य पर्यटकहरुको दिन प्रतिदिन घुईचो लाग्ने गरेको छ ।
घोडा चढाएर आन्तरिक तथा बाह्य पर्यटक घुमाउँदा ३० देखि ४० हजार मासिक आम्दानी हुने गरेको छायानाथ रारा नगरपालिका वडा नम्बर ८ का स्थानीयवासी हरि रावलले बताउनुभयो ।