जनप्रतिनिधि र कृषकसँग छलफल गर्दै कर्णाली सरकार

सुर्खेत, ६ जेठ (जागरण) । कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६/०७७ नीति तथा कार्यक्रमका विषयमा स्थानीय सरकारका जनप्रतिनीधि तथा कृषकसँग छलफल शुरु गरेको छ ।
स्थानीयस्तरका रहेका कृषक तथा स्थानीय सरकारका समस्या आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नका लागि कर्णाली प्रदेशका दशै जिल्लाका स्थानीय सरकार तथा कृषक छलफल कार्यक्रम शुरु गरेको हो ।
अर्गानिक प्रदेश बनाउन प्रदेश सरकारले अभियान थालेकाले त्यसलाई प्रभावकारी बनाउनका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छलफल अभियान संचालन गरेको छ ।
आगामी वर्षको कृषि रणनीति तथा बजेट कार्यक्रममा अधिकतम कृषकका मागको सम्बोधन होस भनेर प्रदेश सरकारले कृषिमा थप प्रभावकारी काम गर्ने र किसानसम्म सरकारको योजना विषयमा जानकारी होस भनेर स्थानीय सरकार तथा कृषकसँग छलफल थालेको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले बताउनुभयो ।