महिला स्वास्थ्य स्वयं सेविकाहरुको भेला

सुर्खेत, ६ जेठ (जागरण) । महिला स्वास्थ्य स्वयं सेवीकाहरुलाई मातृ तथा शिशु स्वास्थ्यमा काम गर्न थप उत्प्रेरित गर्ने उद्देश्यले सुर्खेतको भेरीगंगा नगरपालिकास्तरीय महिला स्वास्थ्य स्वयम सेविकाहरुको प्रथम भेला भएको छ ।
भेरीगंगा नगरपालिका वडा नं १२ का अध्यक्ष एवं छिन्चु स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद कंडेलको अध्यक्षता र नगरप्रमुख भुपेन्द्रबहादुर चन्दको प्रमुख आतिथ्यमा भेला भएको हो । कार्यक्रममा लेखपराजुल, छिन्चु, रामघाट र मैनतडा स्वास्थ्य चौकीसंग आवद्ध १ सय १८ जना महिला स्वास्थ्य स्वयं सेवीकाको सहभागीता थियो ।


भेरीगंगा नगरपालिकामा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्थाहरुसंग समन्वय गरी भेरीगंगा नगर स्वास्थ्यको आयोजनामा संचालन भएको कार्यक्रममा समाज जागरण केन्द्र (स्याक) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालन भएको नेपाली युवाका लागि स्वस्थ्य रुपान्तरण परियोजनाले कार्यक्रममा सहभागी भएका १ सय १८ जना महिला स्वयम सेवीकाहरुलाई यातायात खर्च उपलब्ध गराएको छ ।
स्वास्थ्य चौकी अनुसार महिला स्वास्थ्य स्वयं सेवीकाहरुलाई चारवटा समुहमा विभाजन गरी स्वास्थ्यसंग सम्बन्धित बिषयमा हाजिरी जवाफ प्रतियोगिता संचालन भएको छ ।
जसमा लेकपराजुलको समुह प्रथम, छिन्चुको समुह दोश्रा रामघाटको समुह तेश्रा र मैनतडा समुह सान्तोना स्थान प्राप्त गरेका छन् ।
हाँजिर जवाफ प्रतियोगीतामा प्रथम हुने सममुहलाई तीन हजार, दोश्रो हुनेलाई २ हजार पाँच सय, तेश्रो हुनेलाई दुई हजार तथा सँन्त्वना हुनेलाई १ हजार ५ सय नगद पुरस्कार उपलब्ध गराइएको छ ।
त्यस अवसरमा नेपाली युवाका लागि स्वस्थ्य रुपान्तरण परियोजनमा संलग्न कर्मचारीहरुले प्रगति खेल अन्तरगत महिनावारी चक्र खेल खेलाइएको छ ।