मान बहादुर कुँवर
जुम्ला, ७ जेठ (रेडियो खुल्ला आकाश । जुम्ला सडक सञ्जालमा जोडिए सँगै तातोपानि धारामा नुहाउन पुग्ने पर्यटक पनि बढ्न थालेका छन् । देश विदेशबाट पर्यटक तातोपानिमा पुग्दा आफुहरु खुसी भएको स्थानिय नागरिकले बताएका छन् ।
जुम्लाको तातोपानि धारा पर्यटकिय स्थलका रुपमा निकै चर्चित छ । तातोपानीमा नुहाँए पछि बाथ रोग तथा नसा सम्बन्धि रोग सञ्चो हुने बिश्वास छ । यहि विश्वासका साथ पर्यटक आकर्षित हुने गरेका छन् ।
पर्यटक बढेपछी स्थानिय नागरिकसँगै होटल व्यवसायीहरु निकै उत्साहित छन् । तातोपानीमा विगत १८ वर्षदेखि होटल व्यसाय सञ्चालन गर्नुभएका विष्णु बहादुर अधिकारीको व्यापार अचेल फस्टाएको छ ।
तातोपानिमा नुहाउने सम्बन्धि धार्मिक विश्वास त छदै छ । त्यसको अलवा तातोपानिले सुन र चाँदि समेत छुट्याई दिने स्थानिय कर्ण बुढा बताउनुहुन्छ ।
जुम्ला सदरमुकाम देखि १२ किलोमिटर टाढा पर्ने तातोपानीमा पुग्न सवारी सावरी साधन मार्फत आधा घण्टा समय लाग्छ । पछिल्लो समय विभिन्न कारणले तातोपानीमा पर्यटकहरु आकर्षित हुने गरेको तातोपानि पर्यटन विकास केन्द्र का अध्यक्ष नवराज बुढाको भनाई छ ।
गत वर्ष मात्रै तातोपानिमा बाह्य र आन्तरिक गरि ३० हजार पर्यटक तातोपानिमा आएको पर्यटन विकास केन्द्रले जानकारी दिएको छ । तातोपानिमा नुहाए बापत जिल्ला भित्रका प्रतिव्याक्ति बार्ट २० र बाहिरका बाट ३० रुपैँया शुल्क लिने गरेको विकास केन्द्रका अध्यक्ष बुढाले बताउनुभयो ।
तातोपानी गाउँपालिकाले गुरु योजना बनाएर तातोपानीलाई थप व्यवस्थित बनाउने तयारी थालेको गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेलेको भनाई छ ।
पर्यटकिय स्थलको उचित पहिचान गरि पर्यटक आर्कषित गर्न अहिलेका स्थानीय तह केन्द्रित हुनु पर्छ ।
अडियाे सुनाैँः