सुर्खेत, ९ जेठ (जागरण) । सामाजिक विकृति मुक्त पालिका घोषणा गर्ने कर्णाली प्रदेशका स्थानिय तहलाई प्रदेश सरकारले प्रोत्साहन गर्ने भएको छ ।
प्रदेशमा रहेका ७९ वटा स्थानिय तहमध्ये छाउपडि, छुवाछुत, बोक्सी, बालविवाह, मुक्त घोषणा भएका स्थानिय तहलाई प्रोत्साहन गरिने भएको हो ।
प्रदेशका स्थानिय तहले विभिन्न सामाजिक विकृती अन्त्य भएको घोषणा गरेको अधारमा पालिकालाई प्रोत्साहन गरिने सामाजिक विकास मन्त्रालय सामाजिक साखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिनुभयो ।
प्रदेशमा कुरितीका रुपमा रहेको छाउपडि, छुवाछुत, बोक्सी, बालविवाह, न्युनिकरणमा थप उत्प्रेरणा मिलोस भन्ने उद्देश्यले पालिकालाई प्रोत्साहन गर्न लागिएको उहाँले जनाकारी दिनुभयो ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷७६ को कार्यक्रम स्वीकृत गर्दा नै मन्त्रालयले यो कायक्रमका लागी योजना बनाएको थियो । एउटा सवाल अन्त्यका घोषणा गरेवापत एक लाखका दरले प्रोत्साहन गरिने ज्ञवालीले जानकारी दिनुभयो ।