भैरबीमा एम्बुलेन्स सेवा सुरु

दैलेख,९ जेठ (जागरण) दैलेखकाे  भैरबी गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गाउँपालिकाका प्रायः सबै वडाहरुमा बाटोघाटोको संजाल जोडिएको भएपनी प्रयाप्त यातायातका साधनहरुको अभावमा बिरामिहरुको उपचारमा कठिनाइ भोग्नु परेको थियो । तर, अब गाउँपालिकाले आफ्नै लगानिमा एम्बुलेन्स खरिद गरि बिरामिहरुको सेवामा खटाएपछी अत्यावश्यक उपचारको अभाबमा हुने कठिनाइबाट जनताहरुले मुक्ती पाउने बिश्वास गरिएको छ ।

यसअघि जिल्लाका अन्य केही स्थानीय तहहरुले एम्बुलेन्स खरिद गरि आफ्ना जनताहरुलाइ सेवा दिन थालेपछी भैरबीमा पनि एम्बुलेन्स ल्याउनु पर्नेमा जनमाग बढेको थियो । तर अब त्यो माग पूरा भए सङ्गै गाउँ पालिकावासीको अर्को एउटा सपना पूरा भएको स्थानीयवासीहरु बताउँछन् । आफू गाउँपालिका अध्यक्षमा निर्वा्चित भए लगत्तै गाउँपालिकाकोवासीहरुको इच्छा र चाहना अनुरुप काम गर्ने योजना अनुरुप एम्बुलेन्स सेवापनी एउटा रहेको बताउदै गाउपालिका अध्यक्ष प्रेमबहादुर बुढाले अब जनताले तत्काल आबश्यक उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अबस्थाबाट स्थानीयले केही राहत पाउने बिश्वास व्यक्त गर्नुभयो । ञअब १र२ दिन भित्रै उचित भाडादर कायम गरि बिरामिहरुको सेवामा २४ सै घन्टा एम्बुलेन्स उपलब्ध हुने ब्यबस्था मिलाउछौझ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद देवकोटाले बताउनु भयो । साथै बिरामिहरुको आयस्तर हेरि चर्को शुल्क नभइ उचित भाडादर निर्धारण गरिनेपनि उहाले जानकारी दिनुभयो । ७ वटा वडा रहेको र कालिकोटको सिमानासङ्ग जोडिएको केही दुर्गम बस्ती समेत रहेको उक्त गाउँपालिकाका सबैलाई राहत होस भनी एम्बुलेन्स चालकको नम्बर उपलब्ध गराइने र चालकलाई पनि बिरामिहरुको सेवामा लागिपर्न भनिसकिएकोले आबश्यक परेको खण्डमा जुनसुकै बेलापनी सेवा लिन सकिने समेत जानकारी दिइएको छ ।