टेकबहादुर शाहीको सहयोगमा ।
डोल्पा, १२ जेठ (जागरण) । नेपालकै गहिरो तालको रुपमा परिचित रहेको डोल्पा स्थित से–फोक्सुण्डो तालको गहिराई नाप्न विज्ञ टोली डोल्पा पुगेको छ । शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँको छेउमै रहेको फोक्सुण्डो ताल नेपालकै गहिरो तालको मान्यता पाउँदै आएको छ ।
पछिल्लो समयमा तालको गहिराइमा विवाद आइपछि जल तथा मौसम विज्ञान विभागले कन्सल्टेन्सीसहित विज्ञ टोली पठाएर तालको गरिराइ नाप्न लागेको विज्ञ ध्रुबलोचन अधिकारीले जानकारी दिनुभयो ।
विज्ञसहतिका १० जनाको टोली करिव ४ दिन बसेर फोक्सुण्डो तालको गहिराई मापन फर्किने उहाँले जानकारी दिनुभएको छ ।
२०३६ जापानीले मापन गरी फोक्सुण्डो तालको गहिराइ ६५० मिटर रहेको भनेका थिए । तर यसको आधिकारिक तथ्य विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत जल तथा मौसम विज्ञान विभागमा कतै नराखिएको स्थानीय आङबहादुर लामाले बताउनुभएको छ ।
कर्णाली प्रदेशमा रहेका विभिन्न पर्यटकिय स्थल मध्येकै एक महत्वपुर्ण पर्यटकिय क्षेत्र डोल्पाको फोक्सुण्डो ताल हो ।
यो ताल आन्तरिक तथा बाह्य पर्यटकका लागी पहिलो गन्तव्यको स्थान बन्न पुगेको छ । करिव १७ दशमलब ८ किलोमिटर क्षेत्रफलमा फैलिएको से–फोक्सुण्डो ताल नेपालमा रहेका अन्य तालको तुलनामा छुट्टै पहिचान भएको ताल हो । यो तालले दैनिक आफनो रङ्ग परिवतर्नन गरिरहन्छ । डोल्पाबाट टेकबहादुर शाहीको रिपोर्टः
फोटोः खुलासंसार