पुनर्निर्माणको पखाईमा ऐतिहाँसिक दुल्लु दरबार (अडियो सहित)

प्रविण शाही ।
दैलेख, १३ जेठ (जागरण) । कर्णाली प्रदेशका पर्यटकिय स्थल मध्येको एक महत्वपुर्ण पर्यटकिय क्षेत्र हो दैलखेको दुल्लु दरबार । दुल्लु दरबार विक्रम सम्वत् १९८१ मा तत्कालिन दुल्लुका राजा जङ्गबहादुर शाहले निर्माण गर्नुभएको इतिहाँस छ । बाइसे–चौबीसे राज्यकालमा हिउँदमा दुल्लु र गर्मीमा जुम्लाको सिँजामा राज्य सञ्चालन हुने गरेको भन्ने इतिहाँसले देखाएको छ । दरबारको झ्यालमा कलात्मक बुट्टा कुँदेर बनाइको थियो भने दुल्लुमा नै निर्माण गरिएका इँटा र माटोका टायलले दरबार छाइएको थियो । तर अहिले दरबारको अबस्था त्यस्तो छैन । हिजोआज देवाल लगाउँदा सिमेन्ट वा माटोको प्रयोग गरेजस्तै त्यो बेला दरबार बनाउँदा मास प्रयोग गरिएको छ ।


दैलेखमा बाइसे चौबीसे राज्यकालमा बेलासपुर राज्य र दुल्लु राज्य गरी दुईवटा राज्य सञ्चालनमा रहे पनि दुल्लु राज्य चर्चित र बेग्लै राज्यको रूपमा चिनिँदै आएको इतिहाँस छ । दैलेखको दुल्लु नगरपालिकाको पटाङ्गिनीमा रहेको यो दरबार तिन रोपनी क्षेत्रफलमा फैलिएको छ ।
दरबारको वि.सं. १९८३ देखि निर्माण कार्य सुरु भई वि. सं. १९९० मा सम्पन्न भएको दुल्लुका इतिहाँसकार भुपालविक्रम शाह बताउनुहुन्छ ।
दैलेखको दुल्लमा वि. सं. ११५६ देखि खस राज्यको राजधानीको रुपमा चिनिन्छ । दरबार तत्कालिन द्वन्द्वकालका समयमा विद्रोही पक्षले वि. सं. २०६९ साल वैशाख ८ गते भत्काएका थिए । त्यसरी भत्किएको दरबारको पुन निमार्णको कार्य भने अघि बढ्न सकको छैन ।
उतिबेला सुन्दर, आर्कषक र दरबारको तीन तलाबाट दुल्लुको अधिकासं ठाउँको अवलोकन गर्न सकिन्थ्यो । खस राज्यको इतिहाँस भनेकै दुल्लु दरबार भएकाले दरबार पुरानै मोडेलमा स्थापना गरिनु पर्ने बताउँनुहुन्छ ,दुल्लु नगरपालिका–७ का स्थानीय चन्द्र रावत गुराँस ।
दुल्लु दरबार क्षेत्रको जग्गा एक जना व्यक्तिको नाममा रहेकै कारण पुनर्निर्माणमा पर्न सकेको छैन । दुल्लुका अन्तीम राजा जंगबहादुर शाहका कान्छा छोरा जर्नेल दिप्तप्रकाश शाहको नाममा जग्गा रहेको पाइन्छ । दरबारको हाल भग्नावषेश मात्र बाँकी रहेकोले दुल्लु क्षेत्रको पर्यटन विकासलाई अघि बढाउन तत्काल सरकारको नाममा गराई दरबारको पुनर्निर्माण गरीनु पर्ने बताउँनुहुन्छ दुल्लु नगरपालिका–३ रनुखानाका स्थानीय भुपेन्द्र प्रसाद रिजाल उपाध्याय ।
द्वन्द्वकालमा भत्किएको दरबारमा रहेका ११ वटा झारी, कलश, भगवतीको मुर्ति, जहात, ३६ तोला सुन, चाँदीको आशा गुर्जा, खुकुरी तरबार, ढाललगायत जलेर नष्ट भएको स्थानीय नागरिकहरु बताउँछन् ।
धार्मिक तथा पर्यटकीय स्थलका रूपले चर्चित दुल्लु दरबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट ६७ किलोमिटरमा छ । दरबारसम्म दैलेख सदरमुकामदेखि यातायातका साधनबाट तीन घण्टामा सहज रुपमा पुग्न सकिन्छ । ऐतिहाँसिक महत्व बोकेको दरबारको संरक्षण र प्रचार प्रसार गर्न सके अथाह पर्यटक भित्र्याउन सकिन्छ ।

सुन्नुहोस् अडियो रिपोर्टः